• २० असोज २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

कोरोनाको नयाँ संक्रमण भित्रन नदिन अपनाइदै सतर्कता

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०८:२५

१५ मंसिर २०७८, काठमाडौं : सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ।

National Life

मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


नयाँ भेरियन्टका रूपमा पुष्टि भएको ओमिक्रोन तीव्र फैलने र गम्भीर संक्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य संगठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिका, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्यान्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् । संक्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संक्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रतिकृया