काँग्रेसबाट मुलुक परिवर्तनको अपेक्षा गर्न नसकिने डा. भट्टराईको जिकिर
प्रकाशित मिति
२०७८ मंसिर १२ गते, आईतवार १२:१५

१२ मंसिर २०७८, काठमाडौं : जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसबाट मुलुक परिवर्तनको अपेक्षा गर्न नसकिने जिकिर गरेका छन् ।
जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले उक्त अभिब्यक्ति दिएका हुन् । काँग्रेस जति नै पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने उनले बताएका छन् ।
भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको समेत बताए । ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ,’ उनले भने ।
नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको उनले बताएका छन् ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया