• 5:24 pm

प्रतिनिधि बन्दसत्रको हलमा ओलीलाई कुर्दै, ओली नेताहरुसँग परामर्शमा ब्यस्त

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार १२:३७

१२ मंसिर २०७८, काठमाडौं : आइतबारको बन्दसत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई बोलाएपनि ओली आफैं समयमा बन्दसत्रमा पुगेका छैनन् ।


ओली अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्न व्यस्त छन् । ओलीलाई भेट्नेहरूको होटलमा भीड लागेको छ । बन्दसत्रको हलमा भने प्रतिनिधिहरू ओलीलाई कुरिरहेका छन् ।


पदाधिकारी र केन्द्रीय सदस्यहरूका आकांक्षी धेरै भएपछि सहमतिमा पुग्ने प्रयास भइरहेको छ । त्यसैले पूर्वनिर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको ओली निकट नेताहरूले बताएका छन् ।


ओलीले नेताहरूसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । तर अहिलेसम्म पदाधिकारीमै सहमति जुटेको छैन । अध्यक्षमा उम्मेदवारी दिने भीम रावलले अडान कायम राखेका छन् ।


वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग संवाद गर्न भ्याएका छैनन् । यद्यपि उनीसँग पनि छलफल गर्ने तयारी भइरहेको एमाले नेताहरू बताउँछन् ।

प्रतिकृया