नेपाल बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै, माधव नेपाललाई ज्ञापनपत्र बुझाउने तय
प्रकाशित मिति
२०७८ मंसिर १२ गते, आईतवार १२:०३

१२ मंसिर २०७८, काठमाडौँ : नेपाल बार एसोसिएसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले भोलि बारको कार्यसमिति बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् । बारले यसअघि चौथो चरणको आन्दोलन शुक्रबारसम्मका लागि घोषणा गरेको थियो ।
त्यस्तै, आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानाकारी गराइएको छ । नेता नेपालसँग दिउँसो साढे २ बजे भेट्ने कार्यक्रम तय भएको छ।
बारले सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीलगायत विपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय जनमोर्चा पार्टीलगायतलाई ध्यानाकर्षण गराइसकेको छ ।
प्रतिकृया