• २१ असोज २०८३, बुधबार
  • ९ः१६ बिहान

नेपालको पहाडमा ध्यान गरेको तस्बिर राख्दै परिणितिले भनिन्- दैनिक मेडिटेसन मेरो सेक्रेट

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०६:०४

१० मंसिर २०७८, काठमाडौं : बलिउड अभिनेत्री परिणिति चोपडा यतिबेला नेपालमा छिन्। पदयात्रा कथामा आधारित बलिउड सिनेमा ‘उचाई’को सुटिङका लागि चोपडा नेपाल आएकी हुन्। चोपडासहित सुटिङका लागि अनुपम खेर, बोमन इरानी र सारिक हसन पनि नेपालमा छन्।

National Life

परिणितिले केही दिन अघि सुटिङका क्रममा खुम्बु पुगेको समयमा मेडिटेसन अर्थात ध्यान गरिरहेको तस्बिर सार्वजनिक गरेकी छिन्। मानसिक रुपमा स्वस्थ रहन दैनिक मेडिटेसन नै आफ्नो राज रहेको उनले नेपालको पहाडमा मेडिटेसन गर्दै गरेको तस्बिर राखेर सार्वजनिक गरेकी हुन्। ‘डेली मेडिटेसन इज माइ सेक्रेट।’



आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिने परिणितिले आफ्नो स्वास्थ्यको राज मेडिटेसन भएको बताएकी छिन्। कुनै समय निकै मोटी रहेकी परिणितिले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मेडिटेसनसहित अन्य व्यायाम नियमित गर्दै आएकी छिन्।मेडिटेसन मात्र नभइ परिणिति फिट रहन खानपानमा पनि विशेष ध्यान दिन्छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया