• १९ असोज २०८३, सोमबार
  • २ः५६ दिउँसो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनको ज्ञापनपत्र

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०३:३८

८ मंसिर २०७८, काठमाडौं : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

National Life

बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।


पछिल्लो पटक इन्धनको मूल्य बृद्धिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया