• २० असोज २०८३, मंगलबार
  • १०ः३२ बिहान

म प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०१:२३

८ मंसिर २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् । कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले बुधबार उक्त अभिव्यक्ति दिएका हुन् ।

National Life

कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए ।


उनले भनेका केही काम नगर्ने कसम केपी ओलीले खाएकाले ओली बालुवाटारबाट बालकोट पुग्न परेको प्रचण्डको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया