• २० असोज २०८३, मंगलबार
  • १ः१६ राती

माथिल्लो हुम्लामा खाद्यान्न जाँदै छ, तल्लो हुम्लाका लागि पहल गरेको छुः सांसद लामा

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार १०:०३

८ मंसिर, काठमाडौं :  हुम्लाका सांसद छक्कबहादुर लामाले भोकमरीग्रस्त माथिल्लो हुम्लाको लिमी उपत्यकामा खाद्यान्न ढुवानी हुने निश्चित भएको बताएका छन् । तल्लो हुम्लाको सिमकोट क्षेत्रमा खाद्यान्न ढुवानीको प्रयास भइरहेको उनको भनाइ छ ।

National Life

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले जनताले खान नपाउँदा तपाईंलाई चिन्ता छैन भन्ने प्रश्न गर्दा सांसद लामाले भने, “त्यही चिन्ताले त म काठमाडौं आएको छु । माथिल्लो हुम्लाको लिमी भ्यालीमा यसपालि चाँडै हिमपात भयो ।


हिल्सा जाने नारा भञ्ज्याङ र कालु भञ्ज्याङको बाटो खोलाउन डोजर पठायौं । डोजरले नसकेपछि हामीले काठमाडौं आएर अर्थमन्त्रालयमा बजेट माग गर्‍यौं । आपतकालका लागि आर्मीको हेलिकप्टरबाट हिल्सामा रहेको खाद्यान्न लिमीमा लिफ्ट गर्ने प्रबन्ध मिलाएका छौं ।”

Classic Tech Mobile
Classic Tech Desktop

सांसद लामाले चामल ढुवानीको कमिसनले भोकभरी भएको नभई खाद्यान्न ढुवानीको ठेक्का पाएको सीता एयरविरुद्ध समिट एयरले अदालतमा मुद्दा हालेपछि खाद्यान्न अभाव भएको दाबी गरे । उनले भने, “हुम्लाजस्तो विकट जिल्लाका लागि खाद्यान्न भनेको इमर्जेन्सी औषधीजस्तै हो । तर हाम्रो सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो छ । त्यसैले खाद्यान्न ढुवानीमात्र नभएर सडक, भवनको ठेक्का पनि जटिल छ । हामीले कानुन त मान्नैपर्‍यो ।”


उनले लिमी उपत्यकामा खाद्यान्न अभाव समाधान भएको र सदरमुकाम सिमकोट क्षेत्रका लागि ३, ४ हजार क्विन्टल चामल माग गरेको बताए । उनले थपे, “माथिल्लो भेगको समस्या समाधान भइसक्यो, अब तल्लो भेगको समाधान गर्न लागेका छौं । नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न पुर्याउने पहल भइरहेको छ ।”

प्रतिकृया