• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

बीपीको सिँचाइ सपनालाई पूूर्णता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०९:०१

६ मंसिर २०७८,काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कृषिका दृष्टिकोणले अत्यन्तै उर्वर मानिने सुनसरीको दक्षिणी क्षेत्रमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा सुरु गरेको सिँचाइ अभियानलाई पूूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

National Life

बीपी कोइरालाले तत्कालीन समयमा चन्दामोहन सिँचाइ योजनाको अवधारणा अगाडि सारेको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री देउवाले सुनसरीका दक्षिणी क्षेत्रका किसानका लागि सुनसरी खोलामा प्रभावकारी सिँचाइको व्यवस्था गर्न सरकारले आगामी पूरक बजेटमा रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


सुनसरीको दक्षिणी सीमावर्ती देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले सुनसरी र मोरङका कृषियोग्य जमिनमा सिँचाइ सुविधालाई विस्तार गर्ने क्रममा अगाडि सार्नुभएको सुनसरी खोला सिँचाइ आयोजनालाई पूूर्णता दिन हामी प्रतिबद्ध छौँ ।”

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक कर्म भूूमिका रूपमा परिचित सुनसरीको दक्षिणी क्षेत्रमा सिँचाइ सुविधाका लागि कोइरालाले तत्कालीन समयमा सुनसरी खोला सिँचाइ आयोजना सुरु गरे पनि त्यस समयपछिका कुनै पनि सरकारको ध्यान नपुग्दा लामो समयदेखि बीपीले परिकल्पना गरेको सिँचाइ सुविधाको अभावमा यस क्षेत्रका किसान पीडित छन् ।


प्रधानमन्त्री देउवाले देवानगञ्ज गाउँपालिकाको कौवाखोज छोटी भन्सारलाई ठूूलो भन्सारका रूपमा स्तरोन्नतिका लागि समेत बजेट विनियोजन गरिने आश्वासन दिए । कार्यक्रममा वक्ताहरूले यस क्षेत्रमा रहेको छोटी भन्सारको गतिविधि प्रभावकारी नभएको र सीमावर्ती क्षेत्रबाट अवैध चोरी निकासी पैठारी र तस्करीका घटना बढेसँगै राज्यलाई राजस्व असुलीमा ठूलो नोक्सानी भएको सन्दर्भमा जोडेर व्यक्त अभिव्यक्तिका सवालमा प्रधानमन्त्री देउवाले सो आश्वासन दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिकृया