• २० असोज २०८३, मंगलबार
  • १ः१६ राती

रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०७:४०

६ मंसिर २०७८,काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घााटनगरेका थिए।

National Life

उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए।


प्रधानमन्त्री देउवाले पतञ्जली योगपीठको कार्यालयमै गएर ती दुई टेलिभिजनको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूको सहभागिता थियो।

Classic Tech Mobile
Classic Tech Desktop

विभागका प्रवक्ता भरत गौतमले प्रधानमन्त्री स्वयंले उद्घाटन गरेको टेलिभिजनको दर्ता प्रक्रियाबारे विवाद आएपछि अनुसन्धान अघि बढाइएको बताए। ‘सम्माननीय प्रधानमन्त्रीज्यू पनि उद्घाटन कार्यक्रममा सरिक हुनुभएको हुनाले यो विषयमा के हो भनेर जानकारी लिने प्रक्रियामा छौं,’ उनले भने,’ अनुसन्धान त गर्नु पर्‍यो नि, कानुनी ट्रयाकमा छ कि छैन भनेर हेर्नुपर्‍यो।’ उनले उक्त टेलिभिजनहरू ऐनअनुसार प्रसारण भएका छन् कि छैनन् भनेर अनुसन्धान भइरहेको बताए।

प्रतिकृया