• २१ असोज २०८३, बुधबार
  • ५ः४७ बिहान

अग्रज समाज नेपालद्धारा कोटेश्वर महादेव मन्दिरमा क्षमा पूजा

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार १०:४५

३ मंसिर २०७८, काठमाडौें : अग्रज समान नेपालको आयोजनामा मंसिर २ गते कोटेश्वर मन्दिरमा क्षमा पूजा सम्पन्न भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना रोकथाम नियन्त्रण गर्न र पृथ्वीबासी मानवहरु भयवित र आतङ्कित भइरहेको अवस्थामा मानव कल्याणका लागि अग्रज समाज नेपालले क्षमा पूरा गरेको अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले जानकारी दिए ।

National Life

उनका अनुसार अग्रज समाज नेपालले यस अगाडि पशुपति नाथ मन्दिर, बुढानिलकण्ठ, दक्षिणकाली, भद्रकाली, मन्दिरमा क्षमा पूजा गरिसकिएको छ ।


विहिबार कोटेश्वर मन्दिर परिसरमा रुद्री पाठ, होम र सत्यनारायणको पूजा समेत गरेर क्षमा पूजा गरिएको हो । अग्रज समाज नेपालले ज्येष्ठ नागरिक सम्बन्धि हक अधिकारका लागि एक दशकदेखि क्रियाशिल रहँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया