आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना ,उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
प्रकाशित मिति
२०७८ मंसिर ३ गते, शुक्रबार ०८:४०
३ मंसिर, २०७८ काठमाडौँ : अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जस कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आङ्कलन गरेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।








प्रतिकृया