• १९ असोज २०८३, सोमबार
  • ६ः०१ बेलुका

सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०९:३३

२ मंसिर, २०७८ काठमाडौँ :  सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । मंसिर १ गते बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि पाण्डे बैंकका सञ्चालक थिए ।

National Life

बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद दिएका थिए ।


संचालकहरुले समितिको अध्यक्ष चयन भएका पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पुर्याउनका लाथि थप मद्दत मिल्ने र यसका लागि संचालकहरुको साथ सहयोग रहने बताईएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष प्रतापजङ्ग पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्ध बनाउनेतर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।

प्रतिकृया