• १९ असोज २०८३, सोमबार
  • ६ः३५ बेलुका

अमेरिकी सहायक विदेशमन्त्रीले आज प्रधानमन्त्री देउवालाई भेट्द-अमेरिका भ्रमणको निम्तो पनि दिने

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०९:२०

फाइल फोटो
२ मंसिर, २०७८ काठमाडौँ : नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु आज बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

National Life

आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। उपसहायकमन्त्री केली केइन्डरलिङ पनि आज बिहीबार आइपुग्दै छिन्।


अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएको हो । कोभिड(१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया