मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु
प्रकाशित मिति
२०७८ मंसिर २ गते, बिहीबार ०९:१३
सांकेतिक तस्बिर
२ मंसिर, २०७८ सुनसरी : आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो ।
बुधबार राति पौने ९ बजे को १ व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया