• २० असोज २०८३, मंगलबार
  • ९ः२५ राती

अनाथ बालबालिकालाई खाना खुवाएर गरियो राधेराधेमा चिकेन स्टेशनको उद्घाटन

प्रकाशित मिति

२०७८ मंसिर १ गते, बुधबार १२:३९

२०७१ मंसिर, २०७८ भक्तपुर:   भक्तपुरको मध्ययपुर थिमि नगरपालिका राधेराधेमा चिकेन स्टेशन आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ । स्टेशनको उद्घाटन मानव कल्याण आश्रममा रहेका २० जना बालबालिकाले गरेका छन् ।

National Life

अनाथ बालबालिकाको हातबाट उद्घाटन गरी उनीहरुलाई पहिलो दिनको पहिलो खाना खुवाईएको स्टेशनका संचालक नरेश रंजितले बताउनुभयो ।


उहाँले मुनाफाको केही हिस्सा सामाजिक कार्य लगायत अनाथ असहायको निम्ति खर्चिने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका नेताहरु दिलीप प्रजापति,रामप्रसाद सापकोटा दिपशिखा, डिपी ढकाल लगायत नेता तथा कार्यकर्ता र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया