• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

पेरुमा प्राचीन समयको सामूहिक चिहान भेटियो

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार ०१:२८

एजेन्सी,

२९ कार्तिक, २०७८ काठमाडौँ :  पुरातत्वविद्हरुले पेरुको च्यान च्यान सहरमा प्राचीन समयको सामूहिक चिहान फेला पारेका छन्। उनीहरुले प्राचीन चिमु साम्राज्यको राजधानी च्यान च्यानमा सामूहिक चिहान फेला पारेका हुन्।

Kamana Sewa

चिमुले १५ औं शताब्दीमा च्यान च्यान सहरमा शासन चलाएको थियो। चिमुहरुलाई इनकासले हराएको थियो। सोही समयमा गाडिएको सामूहिक चिहान भेटिएको पुरातत्वविद्हरुले बताएका छन्।

Classic Tech Desktop

ती सामूहिक चिहान चिमुहरुको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन्। सो समयमा चिमुहरुले कलिला बालबालिका र युवापुस्ताको मानव बलि चढाउने हुँदा उनीहरुको हुन सक्ने अनुमान गरेका छन्। पुरातत्वविद् सिन्थया क्वेभाले रोयटर्ससँग बताएअनुसार सामूहिक चिहानमा मानिसका कंकालहरु मात्र फेला परेका छन्।


अधिकांश कंकालहरु ३० वर्षभन्दा कम उमेरका महिलाका छन्। सो चिहानमा ५० भन्दा बढी मानिस गाडिएको अनुमान उनीहरुले गरेका छन्।(एजयतयस् ब्नभलअथ

प्रतिकृया