• ३ असोज २०८३, शनिबार
  • ११ः५० बिहान

एमाले महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन

प्रकाशित मिति

२०७८ कार्तिक २८ गते, आईतवार ०५:४३

२८ कार्तिक, २०७८ भक्तपुर: मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन भएका छन् । बिहिवार प्रतिनिधि बन्न चाहनेहरुले उम्मेदवार दर्ता गराएका थिए । २६ गते एमालेका केन्द्रीय र जिल्ला तहका नेताहरुले मिलाउन प्रयास गरेपनि २ निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नं. १ निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट ६ जना महाधिवेशन प्रतिनिधि छानिएको एमाले भक्तपुर जानकारी दिएको छ ।

National Life

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट भने ११ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । संगठित सदस्यको आधारमा क्षेत्र नं. १ बाट ४ जना खुल्ला र २ जना महिला महाधिवेशन प्रतिनिधि शनिबार चुनिएका हुन् ।


नेता शम्भु प्रसाद दाहाल, वडाध्यक्ष परासर सापकोटा, निर्माण ब्यबसायी संघ जिल्ला पुर्व अध्यक्ष समेत रहेका निरन्जन बजगाईं, भक्तपुर अस्पतालका अध्यक्ष समेत रहेका मिलन सुवाल महिलातर्फ नारायणी फुयाँल र चाँगुनारायण नगरपालिका उपप्रमुख वीणा बास्तोला बिजयी भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन प्रकियामा सहभागी भएका निबर्तमान प्रदेश राज्यमन्त्री तथा सांसद सरस्वती बाटी र जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल र जिल्लाका अगुवा नेताहरु मोहनवीर श्रेष्ठ र रामबहादुर श्रेष्ठ पराजय भएका छन् ।


निर्वाचन क्षेत्र नम्बर २ बाट भने ११ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

चयन भएका महाधिवेशन प्रतिनिधिहरुमा नेकपा एमाले बागमति प्रदेश कमिटी सचिवालय सदस्य राजेन्द्र राजथला, प्रदेश कमिटी सदस्य तथा वागमति प्रदेश सभा सदस्य शशिजंग थापा, प्रदेश कमिटी सदस्यहरु निर्मलकुमार भट्टराई तथा भास्कर प्रधानाङ्ग, पार्टी जिल्ला कमिटी अध्यक्ष बचन देउजा, पार्टी सचिव तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, जिल्ला कमिटी सदस्य तथा मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ चयन भएका छन् ।


यसैगरी महिला प्रतिनिधिहरुमा उत्तरा नेपाल , भागीरथा सिटौला तथा तारा खड्का बस्नेत चयन भएका छन् भने समावेशी तर्फ दीपक विसुंखे सर्वसम्मत चयन भएको नेकपा एमाले सूर्यविनायक नगर संगठन कमिटी अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।


नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतको संयोजनमा निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको हो । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत आगामी महाधिवेशनका निम्ति प्रतिनिधि सर्वसम्मत चयन गर्ने प्रयास भए पनि सहमति नजुटेपछि निर्वाचन नै भएको हो ।


यस क्षेत्रमा चाँगुनारायण र भक्तपुर नगरपालिका समेटिएको छ । क्षेत्र नम्बर २ मा भने सुर्यबिनायक र मध्यपुर थिमि नगरपालिका समेटिएका छन् ।

प्रतिकृया