• २० असोज २०८३, मंगलबार
  • ५ः३९ बेलुका

भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने नेपाल बारको घोषणा

प्रकाशित मिति

२०७८ कार्तिक २८ गते, आईतवार १२:२१

२८ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका छन् ।

National Life

तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन् ।


भिजिलान्तेहरु प्रयोग गरेर अदालतसम्म भिड्न पठाइएको भन्दै बार महासचिव लीलामणि पौड्यालले भने, ‘यसको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

साथै भोलि ९सोमबार०देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने समेत उनले बताए । आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुविद्ध उतारेको भन्दै महासचिव पौड्यालले भने, ‘घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं ।’

प्रतिकृया