• १९ असोज २०८३, सोमबार
  • ४ः०८ बेलुका

आन्दोलनकारी कानुन व्यवसायीलाई सर्वोच्च प्रवेश निधेष, कानुन व्यवसायी धर्नामा

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार १०:१९

२६ कार्तिक, २०७८ काठमाडौँ : नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्चअदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो ।

National Life

तर, सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्चअदालत प्रवेशमा रोक लगाएको छ । बारको टोली सर्वोच्चअदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि हालतमा सर्वोच्चमा धर्ना दिइने बताए । ‘गिरफ्तारी हुनुपरे पनि तयार छौँ, तर आन्दोलन जारी रहन्छ,’ उनले भने ।


सर्वोच्चक्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वोच्चपरिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया