• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

माघ १९ बाट प्रदर्शन हुँदैछ, ‘म यस्तो गीत गाउँछु २’

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ०४:०९

२५ कार्तिक, २०७८ काठमाडौँ :  चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ गतेदेखि प्रदर्शन हुने भएको छ। चलचित्रका निर्देशक सुदर्शन थापाले चलचित्रको नयाँ प्रदर्शन मितिबारे जानकारी दिएका हुन्।

National Life

फेसबुकमा उनले एक चलचित्र मात्र नभई पूरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता रहेको बताउँदै आफूले चलचित्र प्रदर्शन मिति सार्वजनिक गरेको बताएका छन्।


चलचित्रले २०७६ सालको फागुन ३० गते प्रदर्शन मिति तोकेको थियो। तर कोरोना भाइरस महामारीको कारण सरकारले पार्टी प्यालेस, सिनेमा घर बन्द गर्ने आदेश दियो। त्यसपछि प्रदर्शन स्थगन गरेको यो चलचित्रले अहिले नयाँ चलचित्र प्रदर्शन मिति तोकेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको यो चलचित्रमा नायिका पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ। उनिहरुसँगै चलचित्र हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गण्श गिरी, सोनीका रोकायलगायत कलाकारको मुख्य भूमिका रहेको छ।


चलचित्रलाई जन्मजय सपाङ राईले सह निर्माण गरेका हुन्। चलचित्रको कथा निर्देशक सुदर्शन थापा, शिवम अधिकारीको रहेको छ। चलचित्रको पटकथा दिनेश न्यौपानेले लेखेका छन्। सौरभ लामाको छायाँकन र बनिस शाह र मिलन श्रेष्ठले चलचित्रको सम्पादन गरेका छन्।

प्रतिकृया