• २० असोज २०८३, मंगलबार
  • ३ः३४ राती

प्रधानन्यायाधीशले तोके आफूसहित ९ इजलास

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ११:३३

२५ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहितका ९ वटा इजलास तोकेका छन्। राणाले आफ्नो एकल इजलासमा ६ वटा मुद्दा र अन्य इजलासमा १७१ वटा मुद्दा राखेका छन्।

National Life

न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ मुद्दाको पेसी तोकेका छन्।


यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया