पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली सुरु
प्रकाशित मिति
२०७८ कार्तिक २५ गते, बिहीबार ११:४४

२५ कार्तिक, २०७८ काठमाडौँ : पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली सुरु भएको छ । बिहीबार बिहान पशुपतिनाथ मन्दिर क्षेत्रबाट धार्मिक तथा साँस्कृति सौहार्दता बढाउने उद्देश्यसहित मोटरसाइकल यात्रा सुरु गरिएको हो । नेपालस्थित भारतीय दूतावासको आयोजनामा तय गरिएको मोटरसाइकल यात्राको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सुरुवात गरेका हुन् ।

साँस्कृतिक तथा जनस्तरको सम्बन्धको पवित्रताका प्रतिक रहेका पशुपतिनाथ र काशी क्षेत्रको महत्वलाई जोड्न यात्रा सफल हुने अपेक्षा मन्त्री आलेले गरेका छन् । यात्राले नेपाल–भारत सम्बन्ध थप बिस्तारका लागि सहयोगी हुने उनले बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले पशुपति र काशी विश्वनाथ क्षेत्र दुई पावन भूमि रहेको र यसले दुई देशका नागरिकहरुको आपसी सम्बन्धको पवित्रतालाई चित्रित गर्ने बताए । पशुपतिनाथ–काशी विश्वनाथ यात्रा ६ दिनको हुने जनाइएको छ ।
प्रतिकृया