• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

जेलबाट निस्किएपछि पहिलो पटक शिल्पा शेट्टीसँग देखिए राज कुन्द्रा, मन्दिर पुगे

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०५:०६

२३ कार्तिक, २०७८ एजेन्सी : पोर्न केसमा फसेका राज कुन्द्रा सेप्टेम्बर महिनामा जेलबाट बाहिर आए । जेलबाट बाहिरिएपछि राज मिडियाको नजरबाट टाढै छन् । उनी सार्वजनिक रुपमा कतै पनि देखिएका थिएनन् । सार्वजनिक रुपमा मात्रै नभई राज सोसल मिडियाबाट पनि गायब थिए । राजले केही दिन अघि मात्रै आफ्नो दुबै सोसल मिडिया (ट्वीटर र इन्स्टाग्राम) डिलिट गरेका छन् । यसको विपरित शिल्पा शेट्टी हरेक स्थानमा देखिइन् र उनी लगातार चर्चामा छाइन् ।


राजसँग गरिन् मन्दिर दर्शनः

Kamana Sewa

शिल्पा आजकाल परिवारसँगै हिमाचल प्रदेशमा छिन् । यसैबीच शिल्पा र राजको तस्बिर सोसल मिडियामा असाध्यै भाइरल भइरहेको छ । यी तस्बिरमा शिल्पा राजको हात समातेर मन्दिर दर्शन गरिरहेको देख्न सकिन्छ । शिल्पाको यो तस्बिर हिमाचल प्रदेशको मां चामुण्डा देवी मन्दिरको हो । शिल्पाले नै सोसल मिडियामा मन्दिर दर्शनको भिडियो र फोटो सेयर गरेकी छिन् जहाँ उनी लामो समयदेखि राजसँग सार्वजनिक रुपमा देखिएकी छिन् ।

Classic Tech Desktop

प्रशंसकसँग पनि तस्बिर खिचाइन्ः

यी तस्बिरमा शिल्पा प्रशंसकसँग पनि पोज दिइरहेको देख्न सकिन्छ । यद्यपि, प्रशंसकसँगका तस्बिरमा राज अनुपस्थित थिए ।

प्रतिकृया