• 4:10 pm

नेप्सेमा ७९ अंकको पहिरो, कारोबार साढे ६ अर्ब नाघ्यो

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०३:२६

२३ कार्तिक, २०७८ काठमाडौँ : सेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकैदिन अधिकतम ७९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९।७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको हो । गत सोमबार यस्तो सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा अडिएको थियो ।


त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १६।०२ अंकले घटेर ५१२ दशमलभ ८२ विन्दुमा झर्न पुगेको छ । आज सबैजसो उपसूचकहरु ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे भएको छ । तर, करिब ८० अंकले नै घटेको बजारमा आज कारोबार रकम भने साढे ६ अर्ब माथि भएको छ ।


नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । गत सोमबार १९ अंकले घटेको बजारमा ४ अर्ब ४२ करोडको कारोबार भएको थियो ।

प्रतिकृया