• २० असोज २०८३, मंगलबार
  • १२ः३२ राती

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०३:२१

२३ कार्तिक, २०७८ काठमाडौँ : मुक्तिनाथ क्यापिटल लि।ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।योसँ गै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ ।

National Life

मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया