• १९ असोज २०८३, सोमबार
  • ६ः०३ बेलुका

मुख्यमन्त्री पाण्डेले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०५:०३

२२ कार्तिक, २०७८ काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार दिउँसो ४ बजे र ६ मिनेटमा सुरु भएको बैठकमा उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएका हुन् ।

National Life

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।


मुख्यमन्त्री पाण्डेलाई नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले समर्थन जनाएका कारण प्रदेशसभामा उनले सहजै विश्वासको मत हासिल गर्न सक्ने देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया