कवयित्रीद्वोयको बाछिटा सार्वजनिक
प्रकाशित मिति
२०७८ कार्तिक २२ गते, सोमबार ०५:४५
२२ कार्तिक, २०७८ काठमाडौँ : कवयित्रीद्वोय शर्मिला तिमल्सिनाको ‘अक्षता’ र अम्बिका धितालको ‘अक्षय’ बाछिटा कृतिहरु सार्वजनिक भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा। डा. हेमनाथ पौडेलले ती कृतिहरु सार्वजनिक गर्नुभएको हो ।
नेपाली साहित्यको नविनतम् काव्य विधा बाछिटा कृतिहरु तिमल्सिनाको अक्षता र धितालको अक्षय गीत, गजल, कविताहरु भन्दा पृथक र नयाँविधा भएको चर्चा प्रा.डा. पौडेलले गर्नुभयो ।
उहाँले एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट समेत प्रकाशित गर्ने पहल भइरहेको बताउनुभयो । बाछिटा कवि अमर त्यागीले बाछिटा विधा प्रतिकात्मक र बिम्बात्मक शैलीको फरक र नयाँ विधा भएको बताउनुभयो ।
अक्षताका लेखक तिमल्सिनाले बाछिटा लेखनप्रति महिलाको आकर्षण बढ्दै गएको स्मरण गराउनुभयो । कार्यक्रममा बाछिटा कविहरु शेष पौडेल, नारायण गैरे, चेतनाथ धमला, खगेन्द्र बस्याल र विष्णु भट्टराइले रचना र विचार प्रस्तुत गर्नुभएको थियो ।








प्रतिकृया