• ३१ भदौ २०८३, बुधबार
  • ६ः३२ बेलुका

अक्टोबरमा नेपालीसहित ७४९ विदेशीले चढे हिमाल

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०३:३१

कार्तिक २२, २०७८ २०७८ : गत अक्टोबर महिनामा मात्र ७४९ जनाले नेपालका विभिन्न १७ वटा हिमाल आरोहण गरेका छन् । नेपाल पर्वतारोहण संघका अनुसार गत १ अक्टोबरदेखि ३१ अक्टोबर, २०२१ सम्ममा ६९ नेपालीसहित ६८० जना विदेशी आरोहीहरूले नेपालका विभिन्न १७ वटा हिमाल आरोहण गरेका हुन् ।

National Life

जसबाट अक्टोबर महिनामा मात्र कुल ८६ हजार ७५ अमेरिकी डलर अर्थात् एक लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको संघले जनाएको छ । विभागका अनुसार उक्त अवधिमा नेपालीसहित विदेशी १९४ टोलीबाट ५६० जना पुरुष र १८९ जना महिलाले पर्यटन विभागबाट हिमाल आरोहणको स्वीकृति लिएका थिए ।


यी आरोहीहरूले माउन्ट चोला टीएसई, माउन्ट कायाजो रि, माउन्ट निरिखा, माउन्ट चेकिगो, माउन्ट लुप्चे वेस्ट, माउन्ट लार्का पिक, सिंगु चुली, मेरा पिक, क्वान्जिई, चुलु वेस्ट, चुलु इस्ट, आइसल्यान्ड पिक, फाचाम्बो, लोबुजे, रामाडुंग, पिसाङ पिक र गन्जा ला चुली (नया खाङ्जा) गरी १७ वटा हिमाल आरोहण गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया