• १७:१६ २०८० चैत्र १६ गते
  • 5:16 pm

अक्टोबरमा नेपालीसहित ७४९ विदेशीले चढे हिमाल

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ०३:३१

कार्तिक २२, २०७८ २०७८ : गत अक्टोबर महिनामा मात्र ७४९ जनाले नेपालका विभिन्न १७ वटा हिमाल आरोहण गरेका छन् । नेपाल पर्वतारोहण संघका अनुसार गत १ अक्टोबरदेखि ३१ अक्टोबर, २०२१ सम्ममा ६९ नेपालीसहित ६८० जना विदेशी आरोहीहरूले नेपालका विभिन्न १७ वटा हिमाल आरोहण गरेका हुन् ।


जसबाट अक्टोबर महिनामा मात्र कुल ८६ हजार ७५ अमेरिकी डलर अर्थात् एक लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको संघले जनाएको छ । विभागका अनुसार उक्त अवधिमा नेपालीसहित विदेशी १९४ टोलीबाट ५६० जना पुरुष र १८९ जना महिलाले पर्यटन विभागबाट हिमाल आरोहणको स्वीकृति लिएका थिए ।


यी आरोहीहरूले माउन्ट चोला टीएसई, माउन्ट कायाजो रि, माउन्ट निरिखा, माउन्ट चेकिगो, माउन्ट लुप्चे वेस्ट, माउन्ट लार्का पिक, सिंगु चुली, मेरा पिक, क्वान्जिई, चुलु वेस्ट, चुलु इस्ट, आइसल्यान्ड पिक, फाचाम्बो, लोबुजे, रामाडुंग, पिसाङ पिक र गन्जा ला चुली (नया खाङ्जा) गरी १७ वटा हिमाल आरोहण गरेका छन् ।

tourism1 UQykwijL2h

प्रतिकृया