• 5:02 pm

दाङको बबईमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ११:५८

२२ कार्तिक, २०७८ काठमाडौँ : सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराले दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परि सल्यानको कालीमाटी गाउँपालिका वडा नं. ३ का गाडी धनि अन्दाजी ४० बर्षीय देबबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।


दुर्घटनामा थप ११ जना घाइते भएका छन् । त्यसमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक फरार रहेको र खोजी कार्य जारी रहेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्ले जानकारी दिए। दाङको बबई गाउँपालिका वडा नं. ३ ठाडो खोलामा बिहान ९ बजेतिर जीप दुर्घटना भएको र आफुहरुलाई साढे ९ बजेतिर मात्रै खवर प्राप्त भएको घटनास्थलबाट प्रहरी सई महतराले बताए ।


आफुहरु पुगेर उद्धारमा जुटेको र ११ जना घाइतेलाई उपचारका लागि तुलसीपुर तर्फ पठाएको उनले बताए ।

प्रतिकृया