• १९ असोज २०८३, सोमबार
  • ८ः०८ राती

र्‍यापरले गाउन थालेपछि उर्लियो हजारौंको भिड दर्शक मरिरहे, कन्सर्ट चलिरह्यो (भिडियोसहित)

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०४:३६

२१ कार्तिक, २०७८ एजेन्सी : हालै अमेरिकी र्‍यापर ट्राभिस स्कटको कन्सर्टमा दुखद घटना भएको छ। शुक्रबार राति आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा ट्राभिसले गीत गाइरहँदा दर्शकहरूको मृत्यु भएको हो। कन्सर्टमा दर्शकको भिडभाडमा किचिएर र निस्सासिएर कयौं बेहोस भएका थिए। त्यही क्रममा आठ जनाको मृत्यु भएको सिएनएनले लेखेको छ।

National Life

https://twitter.com/Ashmelym/status/1457001681376452608?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1457001681376452608%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F205727%2F2021%2F11%2F7%2Fvideos-of-the-deadly-crush-at-the-travis-scott-concert-

सिएनएनका अनुसार उक्त कन्सर्ट टेक्सासको हाउस्टनस्थित एनआरजी पार्कमा भएको थियो। त्यसमा करिब पचास हजार दर्शक उपस्थित थिए। जसै ट्राभिसले गाउन थाले, तब भिड उत्तेजित भयो। उनीहरू सबै अगाडितिर उर्लिएर हुत्तिन थाले। साह्रै कोचमकोच भएपछि अक्सिजन कम भएर मान्छेहरू बेहोस हुन र मर्न थालेको सिएनएनले लेखेको छ। यसरी मृत्यु हुनेमा १४ वर्षदेखि २७ वर्ष उमेरका छन्।


उनीहरू १४, १६ र २७ वर्षका एक एक जना र २१ र २३ वर्षका दुई जना छन् भने एक जनाको उमेर खुलेको छैन। त्यस्तै २५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ। उनीहरूमध्ये पाँच जना १८ वर्षभन्दा कम उमेरका छन्। कन्सर्टको थिचोमिचोमा परेर दर्शकको मृत्यु भइरहँदा र्‍यापर ट्राभिस गाइरहेका थिए। कन्सर्टको सार्वजनिक भिडिओमा उनी बीचमा अलमल परेका देखिएका छन्। मान्छेको भिडमा एम्बुलेन्सको साइरन र आवाज देखेपछि ‘के भइरहेको हो’ भनेर सोध्छन्।

Classic Tech Mobile
Classic Tech Desktop


पछि दर्शक र आयोजकले भनेपछि उनले गाउन छाडेका थिए। तर भिडको अवस्था डरलाग्दो हुन थालेपछि हुस्टन प्रहरी र सुरक्षाकर्मी नै आएर कन्सर्ट रोक्नुपरेको सिएनएनले जनाएको छ। सन् २०१८ मा ट्राभिस स्कटले एस्ट्रोवर्ल्ड नामक एल्बम रिलिज गरेका थिए। उनले त्यही एल्बमका नाममा एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभल आयोजना गरेका हुन्।



प्रतिकृया