• 9:21 am

‘सत्यम्’मा राजेशकी प्रेमिका निलम

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०२:३६

२१ कार्तिक, २०७८ काठमाडौँ : तिहार अगाडि वर्कशप सम्पन्न गरेको चलचित्र ‘सत्यम्’ टिम अब चाडै नै छायांकनमा जाने तयारीमा छ । तर, चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा नायक पल शाह र नायिका मलिका महत्त प्रेमी–प्रेमिकाको रुपमा देखिदैछन् । यस्तै, चलचित्रमा खलपात्रको रुपमा नायक अनुप विक्रम शाहीले काम गर्दैछन् ।


चलचित्रका लागि राजेश हमालको अपोजिटमा भने २ नायिकाको आवश्यकता पर्दछ । निर्देशक शंकर कार्कीले दिएको जानकारी अनुसार, राजेशकी प्रेमिकाको रुपमा मोडल निलम चन्दलाई फाइनल गरिएको छ । निलम ‘कल कान्तिपुर’की भीजे हुन् । यस्तै, उनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।


यस्तै, राजेशकी श्रीमतीको रुपमा भने नायिका निरुता सिंहलाई अफर गरिएको छ । निर्देशक कार्कीले निरुता सिंह सकारात्मक भएपनि पक्का भने भैनसकेको जानकारी दिए । उनले भने–‘हामी चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी राख्दैनौं । यसका लागि हरेक भूमिकामा उत्कृष्ट कलाकारको छनोट गर्ने हाम्रो सोच हो ।’ रेशम सापकोटाले निर्माण गर्न लागेको यो चलचित्रलाई मुस्ताङ र पोखरामा खिचिनेछ ।

प्रतिकृया