• २० असोज २०८३, मंगलबार
  • २ः१९ दिउँसो

एनआईसी एशिया बैंकको कार्डलेस सुविधा

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार १२:११

२१ कार्तिक २०७८ काठमाडौँ : एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

National Life

बैंकको अनुसार यस सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्नेछ । ट्रान्जेक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिने छ ।


सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुनेछ । डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले हाल ३५८ शाखा, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया