• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

विराटनगरको खदम खोला किनारमा युवकको शव भेटियो

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार १०:१०

२० कार्तिक, २०७८ काठमाडौँ : विराटनगरमा पहिचान नखुलेको एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका १६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५/२६ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

National Life

शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृतक युवकको हुलिया समेत उल्लेख गरेको छ । कालो रंगको टिसर्ट र कालै रंगको ट्राउजर, गोरो अनुहार, पाँच फिट चार इन्च उचाइ, कालो कपाल, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।


शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया