• ४ साउन २०८३, सोमबार
  • ८:४१ बेलुका

नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयू भी

प्रकाशित मिति

२०७८ कार्तिक १२ गते, शुक्रबार ०५:०९

१२ कार्तिक, २०७८ काठमाडौँ : शारदा ग्रुपअन्तर्गत कम्पनी एसपिजी अटोमोबाइल्स प्रालि नेपालमा चेरी अटोमोबाइल्स कम्पनी लिमिटेडको आधिकारिक वितरकका रूपमा नियुक्त भएको छ। एसपिजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यू भी लन्च गरेको छ। चेरी टिग्गो ४ प्रो एस यूभी तीन भेरियन्टमा उपलब्ध छ। १.५ लि। नेच्युरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्युरल्ली एस्पिरेटेड सिभिटी र १.५ लि. टर्बो चार्जड ९ स्पिड गियर बक्स सिभिटी इन्जिन।


नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट (११५ पिएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लि. टर्बो चार्जड सिभिटी इन्जिनले अधिकतम पावर ११५ किलोवाट (१४७पिएस) तथा अधिकतम पावर २१० एनएमको अधिकतम टर्क उत्पादन गर्छ। टिग्गो ४ प्रोको प्रमाणित माइलेज १४.७ किमि प्रतिलिटर रहेको छ।

Kamana Sewa

नयाँटिग्गो ४ प्रो एसयूभीमा ४३१८ एमएम लम्बाई, १८३० एमएम चौडाइ, २६१० एमएम ह्विलबेस र १६७० एमएमको उचाइ छ।
टिग्गो ४ प्रो एस यू भीको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ। यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छ। नयाँ टिग्गो ४ प्रो एस यू भीमा नयाँ फ्रन्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ।

Classic Tech Desktop

यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टी ह्विल समावेश छ। यसका साथै डायमन्ड इन्टेक ग्रिल, क्रिस्टल डायमन्ड लेन्स एलइडी हेडलाइट, जी–टाइप डिआरएल र साइड स्कर्टले स्पोर्टी लुक्स प्रदान गर्न मद्दत गरेको छ। टिग्गो ४ प्रो एस यू भीमा पावर सन रुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेन्ट लेदर सिट पाउन सकिन्छ। चेरी टिग्गो ४ प्रो एस यू भीको इन्टेरियर सरल र आकर्षक छ।


यसमा डि– टाइप ३ स्पोक मल्टिफक्सनल स्टेरिङ ह्विल, ७ इन्च एलसिडी मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटोसहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, रियरआर्मरेस्ट र सेकेन्ड रो एसिभेन्टजस्ता विशेषता छन्। टिग्गो ४ प्रो एस यू भी मा पुस स्टार्ट बटन र पिइपी एस रिमोट स्टार्ट प्रणाली समावेश छ।


टिग्गो ४ प्रो एस यू भीमा सुरक्षाका दृष्टिले ६ रिङ एयरब्याग, एविएस ईविडी, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, टिसिएस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, ह्विल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ प्रणालीका साथै बच्चाको सुरक्षाका लागि सबै चार वटै झ्याल र ढोकामा एन्टी पिन्चलक राखिएकोछ । नयाँ टिग्गो प्रो एस यू भीले इपिबीका साथै अटो होल्ड प्रविधि अपनाएको छ।

प्रतिकृया