• २१ असोज २०८३, बुधबार
  • ६ः०८ बिहान

देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार ०७:४६

फाइल फोटो
७ कार्तिक, २०७८ काठमाडौँ :  नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका केही भूभागमा आज पनि वर्षा हुनेछ ।

National Life

अहिले वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा पनि थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया