शिक्षा र आर्थिक सक्षमताले विवाह गर्ने उमेरको अन्तर घट्यो
प्रकाशित मिति
२०७८ कार्तिक ५ गते, शुक्रबार ०५:४१
न्यूयोर्क
५ कार्तिक, २०७८ काठमाडौँ : विवाह गर्ने केटा र केटीको उमेर एक–दुई वर्षले अन्तर हुनुलाई स्वभाविक मानिन्छ तर, २०–२२ को ग्याप भयो भने त्यसलाई अस्वभाविक । जनगणनाबारे अध्ययन गर्ने अमेरिकी सेन्सर ब्यूरोको पछिल्लो एक अध्ययनले पछिल्लो समय वैवाहिक उमेरको अन्तरमा कमी आएको जनाएको छ ।

शिक्षा र शक्तिमा पहुँचको कारण विवाह गर्ने अन्तरमा कमी आएको उक्त अध्ययनको निष्कर्ष छ । २० औं शताब्दीको सुरुआतमा महिला र पुरुषबीचको उमेरको अन्तर ३० प्रतिशत थियो भने ८० को दशकमा घटेर १० प्रतिशतमा झरेको छ । यसको मुख्य कारणमा राम्रो शिक्षा र आर्थिक शक्तिलाई कारण मानिएको छ ।

उक्त अध्ययनमा सहभागी अमेरिकी अर्थशाष्त्री टेरा म्याकिनिश भन्छिन्– विवाह गर्दा दुई जनाको उमेरको अन्तर हुँदा धेरै कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ, उनीहरुको विवाहलाई समाजले मान्यता दिदैन । यदि सम्बधमा समस्या आयो भने उमेरको फरक नै मुख्य कारण हुने गरेको छ । एउटै उमेर समूहका दम्पतीहरुमा पनि समस्या नआउने भने होइन ।




प्रतिकृया