• १ असोज २०८३, बिहीबार
  • ७ः२८ बिहान

प्रधानमन्त्री देउवासहितको टोली बाढीपहिरोको निरीक्षणमा

प्रकाशित मिति

२०७८ कार्तिक ४ गते, बिहीबार १०:११

४ कार्तिक, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा गएको छ । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन् ।

National Life

टोली आज विहान काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको हो । सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भमा प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् ।


प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गरेर प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । प्रधानमन्त्रीको टोली धनगढीमा बास बस्ने छ । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

प्रतिकृया