• २० असोज २०८३, मंगलबार
  • ४ः४१ बेलुका

भीमदत्तका तीन बस्ती जोखिममा, २७ सयलाई सुरक्षित स्थानमा सारियो

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार १०:१६

३ कार्तिक, २०७८ काठमाडौँ : अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने बस्तीहरु जोखिममा परेका छन् । ओदाली, बडैपुर र पिपरैया गाउँ बढी जोखिममा परेका हुन् । यी गाउँसहित वडा नम्बर ९ र दोधाराचाँदनी नगरपालिका–१० का करिब २७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

National Life

महाकाली नदीमा पानीको बहाव घट्दै गए पनि ‘भाइरल रोड’ भनेर चिनिने कालोपत्रे सडक कटान गरिरहेकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । त्यसैले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम निरन्तर भइरहेको जानकारी उनले दिए ।


कञ्चनपुरमा भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाका झण्डै तीन सय घर डुबानमा परेका छन् । निर्माणाधीन चार लेनको महाकाली पुलको पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको कालोपत्रे सडक मंगलबार रातिको बाढीले कटान गरेर बगाएको छ । यो सडक ‘भाइरल रोड’ले परिचित छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया