• २० असोज २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

नबिल बैंकको महाप्रबन्धकमा ज्ञवालीको बढुवा

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार ११:५१

२ कार्तिक, २०७८ काठमाडौँ : नबिल बैंक लिमिटेडले महाप्रबन्धकमा मनोज कुमार ज्ञवालीलाई बढुवा गरेको छ । १४ महिना अगाडी नबिल बैंकमा नायब महाप्रबन्धकमा नियुक्त भएका ज्ञवालीको बैंकले महाप्रबन्धकमा बढुवा गरेको हो ।

National Life

सोमबार बसेको बैंक संचालक समितिको बैठकबाट ज्ञवालीलाई बढुवा गरिएको हो । ज्ञवालीसंग नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २० वर्ष लामो काम गरेको अनुभव छ ।

प्रतिकृया