• १९ असोज २०८३, सोमबार
  • २ः५४ दिउँसो

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार १०:४७

२ कार्तिक, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । सोमबारबाट सुरु भएको स्थायी कमिटी आज मंगलबार दोस्रो दिन पनि जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक बसिरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

National Life

बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको बुझिएको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । राष्ट्रिय सम्मेलनअघि पार्टी कमिटीका तल्ला तहका अधिवेशनहरू गर्ने तयारीमा रहेको सो पार्टीले आगामी साता कार्तिक १३ गते वडा सम्मेलन गर्नेछ ।


त्यस्तै मङ्सिर ४ गते पालिकाहरूको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । माओवादी शीर्ष नेताहरूले तोकिएकै समयमा राष्ट्रिय सम्मेलन गर्ने गरी तल्ला तहका अधिवेशनहरूको तयारी गर्न मातहतका कमिटीलाई निर्देशन दिँदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया