• २० असोज २०८३, मंगलबार
  • ६ः५४ बेलुका

नारी संबेदनाको बिषयमा बिमलाको ‘कस्ले सुनाई दियो’ सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार १०:३९

२ कार्तिक २०७८ काठमाडौँ : बिमला भुसालको डेब्यु गीत “कस्ले सुनाई दियो” सार्वजनिक भएको छ। गायिका भुसालकै शब्द रहेको गीत शिशिर भन्डारी इन्टरटेन्ट युटुब च्यानलबाट रिलिज भएको हो।

National Life

ऋषिराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा अतिथि कलाकारमा समाजसेवी इन्दिरा राना मगर लगाएत अन्य कलाकारहरू शिशिर भन्डारी, राजिब जङ्ग बस्नेत, सोना बज्राचार्य, गोमा भुसाल, तुलसीप्रसाद श्रेष्ठ, प्रीन्स गुप्ताको अभिनय रहेको छ। जस्को संपूर्ण काम PA Nepal मा संम्पन्न भएको थियो ।


नारी संबेदनाको बिषयलाई गहन तरिकाले प्रस्तुत गरिएको गीतमा बिपिन आचार्यको संगीत र अनिल महर्जनको सम्पादन रहेको छ। पुस्पा भुसाल र प्रीन्स गुप्ताको लगानी रहेको गीतलाई युट्युवमा दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। बिभिन्न लेखहरूबाट धेरैको मन जित्न सफल साहित्यकार भुसालले आफ्नै शब्दमा पहिलो पटक गित पनि गाएकी हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया