• १९ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

आकाश छुने मूल्य भएका बलिउड स्टारका घर, कसको कति ?

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार १२:४८

१, कार्तिक २०७८ काठमाडौँ :  बलिउड स्टारको जीवनशैली बारे सबैको चासो हुन्छ । कलाकारको जस्तो लत्ताकपडा, गाडि घोडा, खानपिन, रहनसहन हरेक आम मानिसको चाहना हुन्छ । प्राय स्टार यसको सौखिन पनि हुन्छन् । उनीहरू आफ्नो जीवनशैली राजकीय बनाउन हर सम्भव कोसिस गर्ने गरेका छन् ।

National Life

कलाकारहरूको घर कस्तो होला रु भन्ने जिज्ञासा फ्यानहरूको मनमा हुन्छ । केही मानिसहरू उनीहरूको घर एक पटक मात्र भए पनि हेर्न चाहन्छन् । हेरौँ घर बनाउन धेरै पैसा खर्च गरेका बलिउड स्टारको महँगा घर छ।


सैफ अली खान र करीना कपुरको जति जोडी सुन्दर छ । त्यति नै उनीहरूको पटौदी प्यालेस पनि सुन्दर छ । सैफ अभिनेताका साथै राज परिवारका सन्तान हुन् । उनी पटौदी विरासतका १० औ राजा हुन् । कुनै समय सो प्यालेसमा १५० भन्दा ज्यादा कोठा र १०० भन्दा ज्यादा नोकर चाकर हुन् थिए । प्यालेसको एन्टेरियर निकै स्टाइलिस रहेको छ । यो प्यालेस बनाउन १९।२ करोड नेपाली रुपैयाँ भन्दा ज्यादा खर्च भएको बताइन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सुपरस्टार सलमान खानको बान्द्रास्थित घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ २५।६ करोड नेपाली रुपैयाँमा बनेको हो । बलिउड अभिनेता सलमान खान अहिले बान्द्राको ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । सलमानको स परिवार ४० वर्षदेखि ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । उनको घरमा चलचित्र बजरंगी भाइजानको केही हिस्सा सुटिङ गरिएको थियो ।


जोन अब्राहमको घर पेन्टहाउस ९६ करोड नेपाली रुपैयाँमा बनेको हो ।

मिस्टर पर्फेक्शनिस्टले परिचित आमिर खान पाली हिल बान्द्रा स्थित बेला विस्टा अपर्टमेन्छमा स परिवार बस्ने गर्छन् । उनको बेला विज्टा अपार्टमेन्टको मुल्य ९६ करोड नेपाली रुपैयाँ रहेको बताएको छ ।


बलिउडका ख‍ेलाडि अक्षय कुमार मुम्बईको जुहू बीचमा १२८ करोड नेपाली रुपैयाँको प्राइम बीच बंगलामा बस्छन् । यो बहुमज‍िला घर अक्षय कुमारलाई मनपर्छ। यो बंगला निकै आकर्षक रहेको छ । घरको पुरै इन्टेरियर अक्षय कुमारकी श्रीमति र अभ‍िनेत्री ट्व‍िंकल खन्‍नाले गरेकी हुन् ।


बलिउड महानायक अमिताभ बच्चनको मुम्बइको जुहु इलाकामा ३ बटा भव्य घर रहेका छन् । जसको नाम प्रतिक्षा जलसा र जनक रहेका छन् । जस मध्ये प्रतीक्षाको मुल्य १२८ करोड नेपाली रुपैयाँ रहेको छ ।


बलिउडको अभिनेत्री शिल्पा शेट्टीलाई लग्जरी लाइफ बिताउनेमा पर्छिन् । लण्डनमा उनको र श्रीमान् राज कुन्द्राको भिल्ला रहेको छ जसको मुल्य १६० करोड नेपाली रुपैयाँ भन्दा ज्यादा रहेको छ । उनिहरुको मुंबईमा पनि किनारा हाउस रहेको छ जसको मुल्य पनि १ सय ६० करोड नेपाली रुपैयाँ रहेको जनाइएको छ ।


बलिउड किङ्ग शाहरुख खानको घर मन्नत मुम्बईको बान्द्रा इलाकामा बैडस्टैंडमा समुद्र किनारमा रहेको छ । ुमन्नतु कुनै राजमहलभन्दा कम छैन। मन्नत मुम्बईमा रहेका सुपरस्टारहरु मध्ये सबैभन्दा राम्रो घरहरूमा एक हो। शाहरुख खानको घर मन्नत मुम्बईको बान्द्रा इलाकामा बैडस्टैंडमा समुद्र किनारमा रहेको छ । घरको बाल्कनीबाट टाढासम्म समुन्द्रको दृश्यपान गर्न सकिन्छ ।


पारसी परिवारले बनाएको उक्त घर शाहरुखले ३२० करोड नेपाली रुपैयाँमा किनेका थिए । बंगला ुमन्नतु शाहरुख खानकी पत्नी गौरी खानद्वारा डिजाईन गरिएको छ। यस घरको प्रत्येक कुना गौरीले एकदम विलासी ढंगले सजाएकी छन्।


घर १९२० मा बनाइएको थियो। त्यस समयमा यसको नाम विला भियना राखिएको थियो । वर्षौंपछि शाहरुखले यो सुन्दर बंगला किने र नाम दिए मन्नत। मन्नत पहिले गुजराती मुलका पारसी किकु गांधीको थियो । जसलाई शाहरुख खान केवल एक छिमेकीको रूपमा चिन्थे।


शाहरुख खानले सन् २००१ मा यस बंगलालाई किने । किंग खानले २६ हजार ३ सय २८।५२ वर्ग फुटमा फैलिएको भिला भियनालाई २१।२७ करोड नेपाली रुपैयाँमा दिएर खरिद गरेका थिए । अहिले यसको लागत ५११ करोड नेपाली रुपैयाँ बताइएको छ ।


शाहरुख खान यस बंगलाको नाम जन्नत राख्न चाहन्थे, तर पछि उनले त्यसको नाम मन्नत राखे। यस घरमा धेरै फिल्महरू शूट गरिएको छ। सनी देवलको फिल्म नरसिम्हाु को क्लाइमेक्स शूट यस घरमा भएको थियो। शाहरुख खानको फ्यानको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो । यो चलचित्रमा उनको दोहोरो भूमिका रहेको थियो । शाहरुख बनेर दोस्रो व्यक्ति उनको घरमा पस्ने सिन छ ।


हाल शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाँको सम्पती रहेको छ । शाहरुखसँग अहिले आफ्नै क्रिकेट टिम छ । शाहरुखसँग आफ्नो नीजि विमान रहेको छ । आफ्नो आलीशान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । शाहरुख खानको विमानको बाथरुम पनि १बीएचके बराबर रहेको छ । सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।

प्रतिकृया