• १९ असोज २०८३, सोमबार
  • ४ः४५ बेलुका

यस्तो छ नेकपा एसका नेताहरुको महत्वपूर्ण जिम्मेवारी (सूचीसहित)

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०५:५५

१, कार्तिक २०७८ काठमाडौँ :  नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्र देखि जिल्ला तहसम्मको जिम्मेवारी टुंगो लगाएको छ । केन्द्रमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । सरकारमा सहभागीलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी नदिने मापदण्ड तोकेर कार्यविभाजनहरु गरिएको छ । स्थायी कमिटीमा ४२, पोलिटब्युरोमा ९४ र केन्द्रीय सचिवालयमा ११ जना छन् ।

National Life

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेश विभागको जिम्मेवारी सहित सम्मानित नेता भनिएको छ । महत्वपूर्ण विभागहरु समेत तोकिएको छ । मुकुन्द न्यौपाने उद्दोग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँटका इन्चार्ज तोकिएका छन् । प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज बनाइएको छ ।


जीवनराम श्रेष्ठ संघीय संसदीय विभाग प्रमुख बनाइएका छन् । वरियतामा अध्यक्ष माधवकुमार नेपाल पहिलो, सम्मानित नेता झलनाथ खनाल दोस्रो, मुकुन्द न्यौपाने, तेस्रो, प्रदीप नेपाल चौंथो र राजेन्द्रप्रसाद पाण्डे पाचौं छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उपाध्यक्ष पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमाल पार्टी स्कुल विभाग प्रमुख, घनेन्द्र बस्नेत प्रदेश नं १ इन्चार्ज, केदार न्यौपाने, बागमती इन्चार्ज, केशवलाल श्रेष्ठ गण्डकी इन्चार्ज, धर्मनाथ प्रसाद शाह प्रदेश २ इन्चार्ज बनाइएका छन् ।


महिला फाँट इन्चार्जमा जयन्ती राई, महासचिव डा. वेदुराम भुसाल संगठन विभाग प्रमुख, उपमहासचिव प्रकाश ज्वाला संगठन विभाग उपप्रमुखसहित कर्णाली प्रदेश इन्चार्ज बनाइएका छन् ।


नेताहरुको जिम्मेवारी

माधवकुमार नेपाल, अध्यक्ष, पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेता
झलनाथ खनाल, सम्मानित नेता, विदेश विभाग प्रमुख
मुकुन्द न्यौपाने, उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्ज
प्रदीप नेपाल, प्रतिष्ठानहरुको इन्चार्ज
राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष, राजकीय मामिला विभाग प्रमुख र बागमती प्रदेश संसदीय दलको नेता
प्रमेश हमाल, उपाध्यक्ष, पार्टी स्कूल विभाग प्रमुख

प्रदेश नं. १

इञ्चार्जः घनेन्द्र बस्नेत
सहइञ्चार्ज स् राजेन्द्रकुमार राई
अध्यक्ष स् सुरेश कार्की
उपाध्यक्षः बलदेव चौधरी
उपाध्यक्षः राजन राई
सचिवः महेश रेग्मी
उपसचिवः सरिता थापा


प्रदेश नं. २

इञ्चार्जः धर्मनाथप्रसाद साह
सहइञ्चार्जः रामप्रित पासवान
सहइञ्चार्जः रत्नेश्वर गाईत
सहइञ्चार्जः कल्याणी खड्का
अध्यक्षः रामचन्द्र यादव
सचिवः लक्ष्मण पौडेल


वागमती प्रदेश

इञ्चार्जः केदार न्यौपाने
सहइञ्चार्जः जीवनराम श्रेष्ठ
सहइञ्चार्जः कृष्ण खनाल
अध्यक्षः सावित्रा भुसाल
सचिवः लक्ष्मण लम्साल


गण्डकी प्रदेश

इञ्चार्जः केशवलाल श्रेष्ठ
सहइञ्चार्जः चुडामणी जंगली
सहइञ्चार्जः शारदा सुवेदी
अध्यक्षः तुलबहादुर गुरुब
उपाध्यक्षः रामजी शर्मा
सचिवः प्रतावलाल श्रेष्ठ
उपसचिवः श्रीनाथ बराल
उपसचिवः रेखा थापा


लुम्बिनी प्रदेश

इञ्चार्जः भागवत विश्वासी
सहइञ्चार्जः सोमप्रसाद पाण्डे
सहइञ्चार्जः दलबहादुर सुनार
अध्यक्षः मेटमणी चौधरी
सचिवः राजु गरुङ


कर्णाली प्रदेश

इञ्चार्जः प्रकाश ज्वाला
सहइञ्चार्जः चन्द्रबहादुर शाही
सहइञ्चार्जः हंशबहादुर शाही
सहइञ्चार्जः शेरबहादुर के।सी।
सचिवः ठगेन्द्रप्रकाश पुरी


सुदुरपश्चिम प्रदेश

इञ्चार्जः गरिमा शाह
सहइञ्चार्जः प्रेम आले
सहइञ्चार्जः निरा जैरु
सहइञ्चार्जः रामकुमार ज्ञवाली
अध्यक्षः बिक्रम शाही
उपाध्यक्षः हर्कबहादुर सिंह
उपाध्यक्षः शेरबहादुर कुँवर
सचिवः दिनेशचन्द्र सुवेदी
उपसचिवः दीर्घ सोडारी
उपसचिवः तारा लामा
उपसचिवः माया भट्ट


उपत्यका विशेष प्रदेश

इञ्चार्जः विश्वनाथ प्याकुरेल
अध्यक्षः केदार सञ्जेल
सचिवः विष्णु लम्साल

प्रतिकृया