• २० असोज २०८३, मंगलबार
  • ३ः५८ दिउँसो

अध्यक्ष प्रचण्डद्वारा दसैँको शुभकामना

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार ०९:५०

२९  असोज, २०७८ काठमाडौँ :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।

National Life

सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।”


अध्यक्ष प्रचण्डले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएका बताउँदै त्यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभारसमेत भएको उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

“कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गर्दै पुनःएकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,” अध्यक्ष प्रचण्डले भनेका छन् ।

प्रतिकृया