• १०:५२ २०८१ बैशाख ७ गते
  • 10:52 am

सम्बन्धविच्छेदपछि होटलमा बसिरहेका छन् नागा

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०५:०१

Samantha Nagar 1

नागा र सामन्था
७ असोज, २०७८ काठमाडौँ :  मुम्बई (एबीपी लाइभ) – दक्षिण भारतीय फिल्मका शक्तिशाली जोडीका रुपमा परिचित नागा चैतन्य र सामन्था रुथ प्रभुले जब सम्बन्धविच्छेदको घोषणा गरे । उनीहरुको फ्यान तथा नजिकका आफन्तलाई ठूलै झड्का लाग्यो । दुवैको वैवाहिक जीवनलाई लिएर केही महिनादेखि अनेक अड्कलबाजी चलिरहेको थियो । जुन अड्कलबाजीलाई पुष्टि गर्दै दुवैले २०२१ को अक्टोबर २ मा अलग्गिने निर्णय लिए ।


समाचारअनुसार आपसी सहमतिमा गरिएको यो सम्बन्धविच्छेदपछि नागा एक महिनादेखि हैदराबादको एक पाँचतारे होटलमा बसिरहेका छन् । जबकी सामन्था त्यही घरमा पुगेकी छिन्, जहाँ कुनै समय उनी नागाका साथ बस्थिइन् ।


नागाले हैदराबादको एक जुबली पहाडमा घर किनेका छन् । जुन घरको हाल रिनोभेसन चलिरहेको छ । यो नयाँ घरको रिनोभेसनको काम पुरा भएपछि उनी घरमा आउनेछन् । नागाले दुई वर्ष अघि बलिउड अभिनेत्री तब्बुबाट घर किनेका थिए । विवाह पछि उनी सामन्थासँग त्यही बस्थे ।

प्रतिकृया