• ४ साउन २०८३, सोमबार
  • ८:२१ बेलुका

माधव नेपालले मन्त्रीहरुलाई भने – बदनाम हुने काम गर्दै नगर्नुस्

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार ०१:३४

२४ असोज, २०७८ काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए ।


‘अहिलेको परिस्थिति कसरी उत्पन्न भयो भन्नेमा तपाईहरु जानकार नै हुनुहुन्छ’, अध्यक्ष नेपालले मन्त्रीहरुलाई निर्देशन दिने क्रममा भने, ‘यस्तो अवस्थामा तपाईंहरु मन्त्री बन्नुभएको छ । यसलाई मध्यनजर गर्दै आफूले निर्वाह गर्नुपर्ने भूमिकाको ख्याल गर्नुस् ।’

Kamana Sewa

त्यस्तै अध्यक्ष नेपालले मन्त्रीहरुलाई पारदर्शी बन्न, आचारसंहिताको पूर्ण पालना गर्न र देश र जनता सवैभन्दा माथि राखेर काम गर्न पनि भनेका हुन् । ‘पारदर्शी बन्नुुस्, आचारसंहिताको पुर्ण पालना गर्नुस्, देश र जनताको आवश्यकतालाई प्राथमिकता दिनुस्, विवादास्पद काम नगर्नुस्’, अध्यक्ष नेपालको निर्देशन उधृत गर्दै अर्का एक मन्त्रीले भने ‘बदनाम हुने काम गर्दै नगर्नुस् ।’

Classic Tech Desktop

प्रतिकृया