• ५ साउन २०८३, मंगलबार
  • १२:०२ बिहान

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, नयाँ मन्त्रीको सपथग्रहण ‘परम्परा’ अनुसार

प्रकाशित मिति

२०७८ आश्विन २२ गते, शुक्रबार १२:३४

२२ असोज, २०७८ काठमाडौँ : मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्ने बारे छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् ।


शुक्रबार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सपथका बारेमा छलफल भएको हो । अहिले सपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्र्तगत सपथ खुवाउने भन्ने प्रश्न उठेको छ ।

Kamana Sewa

यसअघि परराष्ट्रमन्त्रीका रुपमा सपथ खाएका डा. नारायण खड्काको सन्दर्भमा पनि विवाद सिर्जना भएको छ । सोही मध्यनजर गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबीच आज छलफल भएको राष्ट्रपति निकट स्रोतले बताएको छ ।

Classic Tech Desktop

‘अध्यादेश खारेज भैसकेको छ । अर्को कानुन बनिसकेको छैन । त्यसैले परम्पराअनुसार नै सपथ गराइने तयारी भइरहेको छ’, राष्ट्रपति स्रोतले भन्यो, ‘कहिलेकाहीँ परम्परा पनि कानुनअनुसार लागू हुन्छ ।’ शीतल निवास पुगे पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्तिको सूची भने राष्ट्रपतिलाई नबुझाइ फर्केका छन् ।


गठबन्धन भित्रकै दलहरुले मन्त्री बन्नेको सूची नबुझाएकाले प्रधानमन्त्री शीतल निवासमा पुगे पनि मन्त्रीको सूची नबुझाइ फर्केका हुन् । स्रोतका अनुसार शुक्रबार चार बजेपछि नयाँ मन्त्रीको सपथ ग्रहण गराउने आन्तरिक तयारी भैरहेको छ ।

प्रतिकृया