• १९ असोज २०८३, सोमबार
  • ७ः०८ बेलुका

बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथ मन्दिरमा

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार १०:५५

१९ असोज, २०७८ काठमाडौँ : बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर दर्शन गरेको भिडियो सार्वजनिक गरेका हुन् । खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् ।

National Life

उनले सबैको सुस्वास्थ्य र शान्तिको कामना गर्दै, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् । उनी फिल्म ‘उचाई’ को सुटिङका लागि बोमन इरानी, परिणिती चोपडासहित काठमाडौँ आएका हुन् ।

प्रतिकृया