• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

बेलौरी र टिकापुरमा ‘युवासंग–महालक्ष्मी लाईफ’ विमा जागरण: राष्ट्रिय अभियान सम्पन्न

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०५:३७

१८ असोज, २०७८ काठमाडौँ :  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८र०७९ भित्र २५ वटाभन्दा बढी जिल्लामा “युवा संग( महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रियस् अभियान संचालन गर्ने लक्ष्य लिएको छ। सोही अभियान अन्तर्गत सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा ” युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा मिति २०७८ आश्विन १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो ।


क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राख्नु भएको थियो। कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदिप तिवारीले संचालन गर्नु भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण प्रदान गर्नु भयो ।

Kamana Sewa

त्यसै गरी आज विहान कैलालीको टिकापुर स्थित टिकापुर बहुमुखि क्याम्पसमा पनि “युवा संग( महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० भन्दा बढिको सहभागिता थियो । निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरुलाई बीमा बारे प्रशिक्षण दिनु भएको थियो । कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ । भने यसै हप्ता म्याग्दी, वागलुङ र तनहुमा कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

Classic Tech Desktop

प्रतिकृया